२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

नाडा अटो शो २०२४ : ६ दिनमा स्काईवेलका १ सय २६ गाडी बुकिङ

images

  • २०८१ भदौ १७, सोमबार
  • 736
    SHARES
  • नाडा अटो शो २०२४ : ६ दिनमा स्काईवेलका १ सय २६ गाडी बुकिङ

    काठमाडौँ : नाडा अटो शो २०२४ सम्पन्न भएको छ । नाडा अटो शो २०२४ सम्पन्नसम्म १२६ ओटा गाडी बुकिङ भएको जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताउनुभयो।। 

    गेलालका अनुसार बिइ ११ को ४१० कि.मि. रेन्जको गाडी अटो शो मा ७५ लाख ९० हजारमा दिइएको छ भने उक्त गाडी ३३ ओटा बुकिङ भएको छ  तथा ५२० कि.मि. रेन्जका गाडीलाई ८५ लाख ९० हजारमा बिक्रीका लागि राखिएको छ भने उक्त गाडी ६७ ओटा बुकिङ भएको छ । 

    अटो शोमा इटी फाइभका २६ गाडी बुकिङ भएको छ भने इटि फाइभ ६२० कि.मि. रेन्जको गाडीलाई मेलामा १ करोड १० लाख मुल्य कायम गरिएको छ। नाडा अटो शो पछि स्काईवेलका सबै मोडेलमा ५ लाखले मुल्य वृद्धि हुने जि. मोटर्स प्रा.लि.ले जनाएको छ।

    विश्वको ६५ देशमा बिक्री हुने गाडी चीनमा बनेको सबैभन्दा बढि रेन्ज दिने स्काईवेललाई नेपालको आधिकारिक बिक्रेता जि मोटर्स प्रा.लि.ले बजारमा ल्याएको छोटो समयमा ५० भन्दा बढि बिक्री भइसकेको छ।

    नाडा अटो शो २०२४ मा जि. मोटर्सले स्काईवेलका २ भेरियन्टका गाडी लञ्च गरी बिक्रीमा राखेको छ। जसमा बिइ–११ का ४१० कि.मि. र ५२० कि.मि.का गाडी रहेका छन्। पहिला नै नेपाल ल्याएको स्काईवेल इटी–५ भन्ने ६२० कि.मि. रेन्जको रहेको छ।

    स्काईवेल गाडी हाई प्रोफाइल भएका मानिसहरुले बढि मन पराएका छन्। किनकी यो गाडी लङ्ग रेन्जको लागि एकदमै राम्रो, बोल्ड लुक्स हुनुका साथै लामो यात्रा गर्नेहरुका लागि लग्जरी र प्रिमियम रहेको छ। अफरोड एडभेन्चर मन पराउने र कम्प्लीट इभि एसयूभिको डिजाइन मन पराउने ग्राहकहरुले यो स्काईवेल मन पराएका छन्।

    स्काइवेल बिइ–११ गाडीमै सिल्पिङ बेड रहेको हुँदा अफरोड बाटोमा पारिवारिक रुपमा कतै टाढा घुम्न जाँदा पनि गाडी मै सुत्न सकिने व्यवस्था रहेको छ । अफरोड सडकहरुमा स्काइवेलका गाडीहरु राम्रोसँग लैजान सकिन्छ। स्काईवेल गाडीमा ३०० मिटर टाढासम्म उज्यालो दिने लाइट रहेको छ। १५० किलोवाटको मोटर भनेको १५०० सिसिको गाडी बराबर हो।

    नाडा अटो शो मा आउने ग्राहकहरुले स्काइवेल गाडीलाई मन पराएका छन्। नेपालमा आउने स्काईवेलका गाडी युरोप, युके र अष्ट्रेलियाका लागि बनेका गाडी नेपालमा आएका छन्। स्काईवेल गाडीको कमर्सियल भेहिकल पनि बनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ