२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images

  • २०८३ कात्तिक १०, मंगलबार
  • 126
    SHARES
  • आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं : दुई कम्पनीको लाभांश प्राप्त गर्ने आज (कार्तिक १० गते) अन्तिम दिन रहेको छ जसमा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावर रहेको छ । दुई कम्पनीले आगामी साधारणसभा तथा लाभांश वितरणको सूची तय गर्न भोली अर्थात कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म शेयर खरिद गर्ने वा कायम रहने लगानीकर्ताले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    यसअनुसार, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन्। शनिबार र आइतबार सेयर कारोबार नहुने भएकाले आज असोज १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर खरिद गरी कायम रहने सेयरधनीहरू 

    मञ्जुश्री फाइनान्स : 

    मञ्जुश्री फाइनान्सले कात्तिक २० गते शुक्रबार आफ्नो १९औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि सुरु हुने सभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ।

    बरुण हाइड्रोपावर :

    त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीले पनि कात्तिक २० गते शुक्रबार आफ्नो २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सभा सुरु हुनेछ।

    सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ