२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

गिलको विष्फोटक शतक : फाइनलमा गुजरात

images

सत्कार खबर
  • २०८० जेठ १३, शनिबार
  • 1.5K
    SHARES
  • गिलको विष्फोटक शतक : फाइनलमा गुजरात

    काठमाडौँ : गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएलं) को फाइनलमा पुगेको छ। शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा गुजरातले मुम्बई इण्डियन्सलाई ६२ रनले पराजति गर्दै फाइनलमा पुगेको हो।


    पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २३३ रन बनाएको थियो। गुजरातका लागि शुभमन गिलले १२९ रनको शतकीय पारी खेलेका थिए। उनले ६० बल खेल्दै ७ चौका र १० छक्का प्रहार गर्दै १२९ रन बनाएका हुन्। साही शुदर्शनले ४३ रन, कप्तान हार्दिक पाण्ड्याले २८ रन, ऋदिमान साह १८ रनमा जोडेका थिए। मुम्बईका बलर आकाश माधवाल र पियुष चावलाले १/१ विकेट लिएका थिए।


    २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाएका थिए।तिलब बर्माले ४३ रन, क्यामरून ग्रिनले ३० रन जोडेका थिए  भने अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
    गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए। मोहम्मद शामी र राशिद खानले पनि २/२ विकेट लिएका थिए।


    अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ