२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

नक्कली शरणार्थी  प्रकरणमा निर्दोष नफसून्, दोषी नउम्किऊन् :विष्णु रिमाल

images

सत्कार खबर
  • २०८० वैशाख २१, बिहीबार
  • 431
    SHARES
  • नक्कली शरणार्थी  प्रकरणमा  निर्दोष नफसून्, दोषी नउम्किऊन् :विष्णु रिमाल

     काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने बताउनु भएको छ । उहाँले नक्कली शरणार्थी  प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरूद्ध नै पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको हो ।  उहाँले छानबिनमा सहयोग गर्ने समेत बताउनु भएको  छ । 

    ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसून्, कोही दोषी नउम्किऊन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ।

    यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’ नेपाली नागरिकलाई नक्कली कागजात खडा गरेर भुटानी शरणार्थी बनाउने प्रकरणमा उच्च पदस्थमाथि अनुसन्धान सोझिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ