२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै : एसियाली राष्ट्रहरूको सहभागिता

images

  • २०८१ असोज ३, बिहीबार
  • 1.7K
    SHARES
  • नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै : एसियाली राष्ट्रहरूको सहभागिता

    ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।

    काठमाडौँ : नेपालमा कर्जा सुरक्षण सम्बन्धी एक महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।

    निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा शनिबार काठमाडौंस्थित एक प्रमुख होटेलमा उक्त सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ एसियाका मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ। सम्मेलनले कर्जा सुरक्षण प्रणालीका सामयिक मुद्दाहरूमा छलफल गर्दै नवप्रवर्तन (innovation) लाई प्राथमिकतामा राख्नेछ।

    कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार सम्मेलनमा एसियाली राष्ट्रहरूमा सुरक्षण कारोबारको सुदृढीकरण, जोखिम न्यूनीकरण, समग्र क्षमता अभिवृद्धि र आपसी सहकार्य जस्ता प्रमुख विषयहरूमा छलफल हुने जानकारी दिनुभयो। 

    कोष नेपालमा सुरक्षण कारोबार सम्बन्धी एकमात्र आधिकारिक निकाय हो र यसले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप तथा कृषि, विपन्न वर्ग लगायत प्राथमिकताप्राप्त क्षेत्रका कर्जाको सुरक्षणसम्बन्धी कारोबार गर्दै आएको छ। सम्मेलनमा करिब १ सय ३० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ।

     ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो । सम्मेलनले एसियाली राष्ट्रहरू बीच सुरक्षण कारोबारको अनुभव आदानप्रदान र सहकार्यलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ