काठमाडौं : नेपाली बजारमा केही दिनदेखि लगातार घटेको सुनचाँदीको मूल्य आज सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढेको छ।
आज सोमबार मूल्यवृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ भने हिजो आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ भने हिजो आइतबार चाँदी प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।