२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन सम्मेलन सम्पन्न, हरित वित्त र नवप्रवर्तनमा जोड

images

  • २०८१ असोज ९, बुधबार
  • 1.3K
    SHARES
  • एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन सम्मेलन सम्पन्न, हरित वित्त र नवप्रवर्तनमा जोड

    काठमाडौँ : काठमाडौंमा सम्पन्न एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फरेन्स (एसिक) को ३६औं सम्मेलनले नवप्रवर्तन र हरित वित्तलाई साना तथा मझौला उद्यम (SMEs) प्रवर्द्धनको माध्यमका रूपमा प्रस्तुत गर्दै दिगो विकास लक्ष्य (SDG) हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सम्मेलनको अन्तिम सत्रमा सहभागीहरूले "इनोभेटिभ सोलुसन्स: फाइनान्सिङ फर नेचर" शीर्षकमा छलफल गरे।

    कृषि विकास बैंकका नायब महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्तलाई आर्थिक लाभका साथ पर्यावरण संरक्षण गर्ने नयाँ एकीकृत वित्तीय ढाँचा भएको बताए। उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कृषि र वनमा आधारित उद्यममा हरित वित्तलाई बढावा दिनुपर्ने आवश्यकता औंल्याए।

    अक्सिजनका प्रमुख कार्यकारी सिद्धान्तराज पाण्डेले साना तथा मझौला उद्योगहरूको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याएको र राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान गरेको बताए। उनले ‘ब्लेन्डेड फाइनान्स’ प्रयोग गरेर लगानीमा नयाँ दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।

    विश्व बैंककी निजी क्षेत्र प्रमुख विशेषज्ञ नताशा कपिलले SMEs लाई प्रोत्साहन गर्न उर्जा-किफायती प्रविधि अपनाउनुपर्ने र यसले उत्पादकत्व बढाउन मद्दत गर्ने बताइन्। यो सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो, जसमा १६ देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाहरूका प्रतिनिधिहरू सहभागी भएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ