काठमाडौँ :आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज आइतबार पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि ९५ रुपैयाँले वृद्धि भएर २ हजार ७५ रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ८० रुपैयाँ थियो।



