काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज एक खेल हुँदैछन्। खेल आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रतिस्पर्धा हुँदैछ।
लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेल सम्हाल्नेछन् भने चितवन राइनोजलाई कुशल मल्लले नेतृत्व गर्नेछन्। पहिलो खेलमा कर्णालीसँग ४ विकेटले जित हात पारेको चितवन आज दोस्रो जितको खोजिमा हुनेछ भने लुम्बिनी पहिलो जितको खोजिमा हुनेछ।
हिजो भएको खेलमा सुदूरपश्चिमले काठमाडौँलाई २९ रनले पराजित गर्दै पहिलो जित हात पारेका छ।



