२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

एसीसी मेन्स प्रिमियर कप : नेपालद्वारा ओमानलाई १४८ रनको लक्ष्य

images

  • २०८३ भदौ २५, बिहीबार
  • 256
    SHARES
  • एसीसी मेन्स प्रिमियर कप : नेपालद्वारा ओमानलाई १४८ रनको लक्ष्य

    काठमाडौँ : मलेसियाको बायुमास ओभलमा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसामु जितका लागि १ सय ४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सम्हालिएर खेल्न नसक्दा ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। नेपालको सुरुवात अत्यन्तै निराशाजनक रह्यो। टोलीले टोलीको स्कोर मात्र ३६ रन हुँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। शीर्ष क्रमका ब्याटरहरू सस्तैमा पभेलियन फर्किँदा टोली संकटमा परेको थियो।

    संकटमा परेको नेपाली इनिङ्सलाई दीपेन्द्र सिंह ऐरी र बसीर अहमदले सम्हाल्ने प्रयास गरे। यी दुईबीच पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी भयो। दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले भने बसीर अहमदले ४७ रनको योगदान दिए। अन्य ब्याटरमा देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    ओमानका ब्याकअप बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जय भिरन ओडेडारा र हसनाइन साहले ३-३ विकेट लिए भने मुहम्मद इमरानले २ विकेट हात पारे। त्यसैगरी मुजीवुर अली र मुजीबुर अलीले १-१ विकेट लिँदै नेपाललाई सस्तोमा समेट्न मुख्य भूमिका खेले।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ