काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलेको सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै जितको खाता खोलेको हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जितका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५१ रन बनाएका थियो।
दीपेन्द्रले ३६ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे। उनलाई साथ दिएका इशान पाण्डेले ३७ रनको योगदान दिए। यस्तै, ब्रान्डन म्याकमुलेनले २२ तथा साइब जाइबले १५ रन बनाएका थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्ती मगरले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाएका थियो।। यस्तै, महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले २१ रन तथा सकिब अल हसनले १४ रन बनाएका थियो।
सुदूरपश्चिमको बलिङतर्फ अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। हेमन्त धामी, स्कट कुग्लाइन र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट हात पारेका थियो।