२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

सेयर बजार : नेप्से १४.०५ अंकले गिरावट

images

  • २०८० असार ६, बुधबार
  • 971
    SHARES
  • सेयर बजार : नेप्से  १४.०५ अंकले गिरावट

    काठमाडौं : बुधबार नेप्से परिसूचक १४.०५ अंकले गिरावट आएको छ। बुधबार नेप्से ०.६८ प्रतिशतले घटेर २०५०.७८ बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ।

    आज नेप्सेमा ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ।अघिल्लो दिन नेप्सेमा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएको थियो। आज नेप्सेमा २७१ वटा धितोपत्रको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच भएको छ।

    बुधबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत र सोल्टी होटलको सेयरमूल्य ७.३१ प्रतिशतले बढेको छ। यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा ग्रीन भेञ्चर्स रहेको छ। आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको  छ। त्यसैगरी सोल्टी होटलको १९ करोड २९ लाख कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ