२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images
सेयर बजार

नेप्से दोहोरो अंकले वृद्धि

images

  • २०८० असार १०, आइतबार
  • 1.3K
    SHARES
  • नेप्से दोहोरो अंकले वृद्धि

    काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । सेयर बजार नेप्सेमा साढे १४ महिनापछि आज साढे ६ अर्बको कारोबार भएको छ। यस दिन नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ विन्दुमा पुगेको छ।


    सबै उपसमुहगत सूचकमा हरियाली छाएको आइतबार बजारमा एक दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ।  यस दिन २७५ स्टकको ९० हजार २४९ पटकको कारोबारमा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको शुभम पावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.८१ प्रतिशत घटेको छ। 


    यस दिन शिवम् सिमेन्ट धेरै कारोबार भएको छ। सो कम्पनीको यस दिन ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा परिसूचक सर्वाधिक ७.७९ प्रतिशत, निर्जीवन बीमा परिसूचक ६ प्रतिशतभन्दा र व्यापार परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ