२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

त्रिशूली दुर्घटना : पाँचको मृत्यु, एक बेपत्ता

images

  • २०८० चैत १७, शनिबार
  • 981
    SHARES
  • त्रिशूली दुर्घटना : पाँचको मृत्यु, एक बेपत्ता

    काठमाडौँ : काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको छ भने एक जनाको खोजीकार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन। आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो। ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ। दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ