काठमाडौँ : भोटेकोशी नदीमा आएको बाढीपछि विपद् व्यवस्थापन तथा राहत कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोगसँगै कोषमा रहेको रकम बढ्दै गएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न बैंकका खातामा दुवै कोषको कुल मौज्दात १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ। त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा अमेरिकी डलरमा रहेको मौज्दात ३ करोड ४ लाख ९१ हजार ४ सय ४४ डलर पुगेको छ।