२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इलाममा बोलेरो जिप दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

images

  • २०८३ कात्तिक ९, सोमबार
  • 166
    SHARES
  • इलाममा बोलेरो जिप दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

    इलाम — इलाममा आज बिहान भएको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा बोलेरो चालक दियालीको मृत्यु भएको जानकारी दिएका हुन्। घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ