२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

अनलाइन टिकट काटेका यात्रुलाई रिफन्ड दिँदै बस टिकेटिङ प्लेटफर्महरू

images

  • २०८१ असोज १५, मंगलबार
  • 841
    SHARES
  • अनलाइन टिकट काटेका यात्रुलाई रिफन्ड दिँदै बस टिकेटिङ प्लेटफर्महरू

    काठमाडौँ : अनलाइनमार्फत अग्रिम टिकट काटेका यात्रुलाई अहिले रकम फिर्ता गर्न थालिएको छ। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण बस सेवामा अवरोध भएपछि टिकेटिङ प्लेटफर्महरूले यात्रुहरूको अग्रिम टिकटको रकम फिर्ता गर्न थालेका हुन्।

    बससेवा टिकेटिङ प्लेटफर्मका सीईओ पीआर खनालले सोमबारदेखि बुधबारसम्मका लागि टिकट लिएका यात्रुहरूको टिकटको रकम फिर्ता गरिएको जानकारी दिए। बाढी पहिरोका कारण यातायात ठप्प भएकोले बस सञ्चालनमा समस्या आएको छ। बस सेवा अवरुद्ध भएपछि हामीले यात्रुलाई टिकटको रकम रिफन्ड गरिरहेका छौ। खनालले बताए।

    अर्को अनलाइन बस टिकेटिङ प्लेटफर्म बकबसका संस्थापक शेरबहादुर गुप्ताले पनि बाढीका कारण तालिका अस्तव्यस्त भएपछि बस अपरेटरहरूले टिकट रद्द गर्न थालेको जानकारी दिए। “हामीले अनलाइन टिकट खोल्ने बित्तिकै हजारौं टिकट बुकिङ भयो” गुप्ताले भने, तर पछि तालिका मिल्न नसकेपछि रकम फिर्ता गर्न थालेका छौं।

    घटस्थापनाको टिकट भने यथावत् रहेको र त्यसपछिका यात्रुहरूका लागि थप जानकारी समयमै उपलब्ध गराइने बताइएको छ। टिकट लिइसकेका सेवाग्राहीहरूले आफ्नो रकम फिर्ता भएको हो वा होइन भन्ने जानकारी सम्बन्धित टिकेटिङ प्लेटफर्ममार्फत हेर्न सकिन्छ।

     

     

     

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ