२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

हुस्सु र कुहिरोको खतरा: सतर्क रहन मौसम विभागको आग्रह

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.6K
    SHARES
  • हुस्सु र कुहिरोको खतरा: सतर्क रहन मौसम विभागको आग्रह

    काठमाडौं : देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा देखिएको छ। मध्य र पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु लागेको अवस्था छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। रातिको समयमा पनि देशभर मौसम सफा रहने अपेक्षा गरिएको छ।

    तर, बिहानको समयमा तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने छ। त्यसैले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ