२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

स्याङ्जाको गल्याङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

images

  • २०८३ भदौ ८, सोमबार
  • 321
    SHARES
  • स्याङ्जाको गल्याङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

    काठमाडौँ :  स्याङ्जाको गल्याङ नगरपालिका–८ स्थित करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा चालकसहित अन्य १० जना घाइते भएका छन्। गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब ५:४५ बजे उकालो सडकमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको छ।

    जिपमा सवार कुल यात्रुको यकिन संख्या खुल्न बाँकी छ। हालसम्म मृतक तथा घाइतेहरूको पहिचान हुन सकेको छैन। प्रहरी टोलीले अस्पतालहरूसँग समन्वय गरी घाइतेहरूको विवरण संकलन गर्नुका साथै घटनाको थप अनुसन्धान अघि बढाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ