२०८३, कात्तिक १२ गते

Oct 29 2026

Logo
  • २०८३ कात्तिक १२, बिहीबार
  • (Oct 29, 2026)
images
एनपीएल सिजन ३

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–जनकपुर र कर्णाली–विराटनगर भिड्दै

images

  • २०८३ कात्तिक १२, बिहीबार
  • 146
    SHARES
  • एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–जनकपुर र कर्णाली–विराटनगर भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

    दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। खेल दिउँसो १२:३० बजे सुरु हुनेछ। प्रतियोगितामा काठमाडौं गोर्खाजले आज पहिलो खेल खेल्दै छ भने जनकपुर दोस्रो खेलमा मैदान उत्रनेछ।

    जनकपुरले यसअघि खेलेको खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य जनकपुरको हुनेछ। यता, काठमाडौं भने पहिलो खेलमै जितसहित प्रतियोगिताको सुरुवात गर्ने योजनामा रहनेछ।

    आजको दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। यसअघि कर्णालीले जनकपुरलाई हराउँदै जित हासिल गरिसकेको छ। विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

    पहिलो खेलमा हार बेहोरेको विराटनगरका लागि आजको प्रतिस्पर्धा महत्त्वपूर्ण हुनेछ। कर्णाली भने अघिल्लो खेलको जितलाई निरन्तरता दिने प्रयासमा रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ