२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

images

  • २०८० माघ २५, बिहीबार
  • 621
    SHARES
  • एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ : क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

    नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ भने आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् जसमा सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन्।

    नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोम पाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ