काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो।