२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एनपीएल सिजन ३

प्रधानमन्त्री बालेन्द्र शाह एनपीएलको उद्घाटन खेलमा सहभागी हुने

images

  • २०८३ कात्तिक ९, सोमबार
  • 191
    SHARES
  • प्रधानमन्त्री बालेन्द्र शाह एनपीएलको उद्घाटन खेलमा सहभागी हुने

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत पनि प्रतियोगिताको सफलताको कामना गरेका छन्।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शाहले बल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

    प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा आज साँझ ५ बजे सुरु हुनेछ।

    एनपीएलको नयाँ संस्करण सुरु हुन लाग्दा क्रिकेटप्रेमीमाझ उत्साह बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ