२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ७ जना घाइते

images

  • २०८३ असोज २६, सोमबार
  • 356
    SHARES
  • काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ७ जना घाइते

    नवलपरासी पश्चिम : काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस नवलपरासी पश्चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

    प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस बर्दघाट नगरपालिका–४ स्थित दाउन्नेको मोड नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको हो। दुर्घटना आज बिहान भएको बताइएको छ।

    बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका सात जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी र कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का रहेका छन्।

    दुर्घटनामा घाइते भएका अन्य व्यक्तिको विवरण भने खुलाइएको छैन। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ