२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसिया कप क्रिकेट

एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

images

  • २०८० भदौ १३, बुधबार
  • 1.2K
    SHARES
  • एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

    भदौ १३, काठमाडौं : १६औं संस्करणको एसिया कप क्रिकेट आज बुधबार देखि शुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ। 


    नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ। नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो। पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग आज एसिया कप क्रिकेट खेल्न लागेको हो।

    नेपाललाई रोहित पौडेल र पाकिस्तानलाई बाबर आजमले कप्तानी गर्नेछन्। नेपालले एसिया कप पहिलो पटक खेल्न लागेको हो तर, पाकिस्तानले भने दुई पटक उपाधि जितेको छ।आजका सबै टिकट बुकिङ भइसकेका छन् जसमा मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ।


    त्यस्तै, पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ भने भारत तेस्रो स्थानमा छ र नेपाल १५ औँ स्थानमा छ। खेलअघि पत्रकार सम्मेलनमा रोहित पौडेलले दुवै टिममा विश्वस्तरीय ब्याट्सम्यान र बलर भएको उल्लेख गर्दै नेपालले कडा टक्कर दिने बताएका थिए। पाकिस्तानी कप्तान आजमले एसिया कपको सहभागीताले नेपालमा क्रिकेटको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए। 

    भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन्। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् र समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ । 


    नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो। एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

    नेपालको सम्भावित प्लेइङ–११
    कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी  

    पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ–११
    फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ