२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल १०४ रनमै अल आउट

images

  • २०८० भदौ १३, बुधबार
  • 1.3K
    SHARES
  • नेपाल १०४ रनमै अल आउट

    भदौ १३, काठमाडौं  : एएफसी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । बुधबार भएको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । 

    घरेलु टोली पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ र  आरिफ शेखले २६ रन बनाएका थिए । पाकिस्तानका सदाब खानले ४ विकेट लिए । 

    मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे। पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए। बाबरले १ सय ५१ रन र इफ्तिखर अहमदले नटआउट १०९ रन बनाए ।

    यस्तै, माेहम्मद रिजवान ४४ रन  र फकर जमानले १४ रनको योगदान दिएका थिए। बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो।

    नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ