२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बहराइन ३१ रनमा अलआउट

images

  • २०८० भदौ १५, शुक्रबार
  • 716
    SHARES
  • बहराइन ३१ रनमा अलआउट

    भदौं १५,काठमाडौं : मलेसियामा जार महिला टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइन ३१ रनमा अलआउट भएको छ।   सिलोंग्र ट्रफमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५४ ओभरमा ३१ रनमा अलआउट भएको हो। 

    नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट र पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १/१ विकेट लिएका थिए।बहराइनका लागि कप्तान दीपिकाले ११ रन बाहेक अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    महिला टी-ट्वान्टी विश्वकपमा ११ राष्ट्रको सहभागीता रहेका छन्। जसमा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई रहेका छन् भने समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार  रहेका छन्। 

    हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

    नेपालले तेस्रो खेल १७ गते भुटानसँग, चौथो खेल १८ गते कतारसँग र समूह चरणको अन्तिम खेल १९ गते युएईसँग खेल्दैछ। 



    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ