२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालको शानदार जित, बहराइनसँग १० विकेटले विजयी

images

  • २०८० भदौ १५, शुक्रबार
  • 781
    SHARES
  • नेपालको शानदार जित, बहराइनसँग १० विकेटले विजयी

    भदौं १५,काठमाडौं : मलेसियामा जार महिला टी ट्वान्टी विश्वकपको एसिया छनोट दोश्रो खेलमा नेपाल बहराइनमाथि १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ।

    बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २५ ओभरमा बिना विकेट क्षति भेट्टाएको हो। नेपालका लागि ओपनर कबिता कुवरले १४ बलमा १८ रन र सिता रानामगरले ३ बलमा २ रन बनाएका थिए।

    महिला टी-ट्वान्टी विश्वकपमा ११ राष्ट्रको सहभागीता रहेका छन्। जसमा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई रहेका छन् भने समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार  रहेका छन्। 

    हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

    नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो। नेपालले तेस्रो खेल १७ गते भुटानसँग, चौथो खेल १८ गते कतारसँग र समूह चरणको अन्तिम खेल १९ गते युएईसँग खेल्दैछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ