भदौ १६,काठमाडौं : एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पाल्लिकेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो।
पानी परेका कारण खेल दुई पटकसम्म केही बेरका लागि प्रभावित भएको थियो।
भारतका लागि हार्दिक पाण्डेयले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन र इसान किसानले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन्।
त्यस्तै, भारतका लागि जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४१४ रन बनाएका थिए। जसप्रित बुम्राहले १६,रोहित शर्माले ११, शुभमन गिलले १०, शार्दुल ठाकुरले ३, तथा विराट कोहली र कुलदिप यादवले समान ४४ रन जोडेका थिए।
बलिङमा पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३र३ विकेट लिएका थिए।
पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ।एसिया कपमा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।



