भदौ १७, काठमाडौं : आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएका थिए।
बलिङमा नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिएका थिए। भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
महिला टी-ट्वान्टी विश्वकपमा ११ राष्ट्रको सहभागीता रहेका छन्। जसमा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई रहेका छन् भने समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार रहेका छन्।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।



