२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

images

  • २०८० भदौ १८, सोमबार
  • 2.2K
    SHARES
  • एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

    भदौ १८, काठमाडौं : १६औं संस्करणको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ। श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

    नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमने सामने हुन लागेका हुन्। यस्तै, आजको खेलका विजेता टोली सुपर फोरमा पुग्नेछ भने खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ।

    पहिलोपटक एसिया कपको अनुभव बटुलिरहेको नेपाली टिम भारतविरुद्ध पहिलो खेलका कमजोरीलाई दोहोर्याउन चाहँदैन। 

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग पाकिस्तानकै भूमिमा २३८ रनले पराजित भएको थियो। पाकिस्तानसँग पनि नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट थियो। घरेलु टोली पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भएको थियो।

    भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन्। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् र समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

    नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो। एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो।

    नेपाली टोलीमा :

    रोहित पौडेल कप्तान, आशिफ शेख विकेटकिपर, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन्। 

    भारतीय टोलीमा :

    रोहित शर्मा कप्तान, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, हार्दिक पाण्डेया, रविन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदिप यादब, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्सर पटेल, सूर्यकुमार यादब, प्रसिद्ध कृष्ण, तिलक वर्मा र केएल राहुल रहेका छन्।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ