२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो,कानुनविद्संग परामर्श गर्दै

images

सत्कार खबर
  • २०८० वैशाख २४, आइतबार
  • 546
    SHARES
  • नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो,कानुनविद्संग परामर्श गर्दै

    काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्ने हुनु भएको छ । आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थिएन । सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुंगो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए । त्यसक्रममा कानुन व्यवसायीहरूले राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ