भदौ २१,काठमाडौं : बालोन डी ओर सन् २०२३ को अवार्डका लागि ३० जना खेलाडीको सूची सार्वजनिक भएको छ। फ्रान्स फुटबल म्यागाजिनले सार्वजनिक गरेको यो सूचीमा स्टार खेलाडी समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने परेनन्।
युरोपियन लिग खेल्ने खेलाडीहरुको बाहुल्य रहेको सूचीमा अमेरिकन क्लब गएका अर्जेन्टिनाका विश्वकप विजेता लिओनल मेसीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ तर रोनाल्डो भने प्रारम्भिक मनोनयनमा पर्न असफल भए।
लिओनल मेस्सीले ७ पटक जितेका छन्। सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन्। रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडी अटाएका छन्।
आगामी अक्टोबर ३० मा अवार्ड कार्यक्रम आयोजना हुनेछ।
यस्तै, महिलातर्फ युरोपियन वर्ष खेलाडी बनेकी स्पेनकी आइतना बोनमाटीसहित ३० खेलाडी मनोनयनमा परेका छन्।



