२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.3K
    SHARES
  • भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

    भदौ २६ काठमाडौँ :  एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ।

    सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा १२८ रनमै अलआउट भएको छ।

    पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन, अघा सलमान र इफ्तिखर अहमदले २३-२३ रन बनाएका थिए भने अरु ब्याट्सम्यान सस्तैमा आउट भएका थिए। 

    बलिङमा भारतका कुलदिप यादवले ५ विकेट,हार्दिक पाण्डे,जसप्रित बुमराह,मोहम्मद सिराज र शार्दुल ठाकुरले १/१ विकेट लिएका थिए। 

    श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो।

    त्यसक्रममा कोहलीको यो ४७ औं एकदिवसीय शतक र १३ हजार रन पनि पूरा भएको छ। कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो। पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए।

    आइतबार श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो। 

    बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले १/१ विकेट लिएका थिए।

    जितसँगै दुई अंक जोडेको भारत सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ। सुपर फोरमा भारतको यो पहिलो खेल हो। दुई खेलबाट दुई अंक जोडेको पाकिस्तान भने तालिकाको तेस्रो स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ