२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
क्यान इन्फोटेक २०२४

फागुन १० गतेदेखि पाँच दिने क्यान इन्फोटेक २०२४ इटहरीमा सुरू हुँदै, यस्ता छन् आकर्षण

images

  • २०८० फागुन २, बुधबार
  • 2.4K
    SHARES
  • फागुन १० गतेदेखि पाँच दिने क्यान इन्फोटेक २०२४ इटहरीमा सुरू हुँदै, यस्ता छन् आकर्षण

    इटहरी : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ। फागुन १० गतेदेखि ५ दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन तथा बिक्री गर्ने जनाएको छ।

    क्यान सुनसरीका अध्यक्ष सन्देश राईले एक विज्ञप्ति जारी गर्दै छैटौँ पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिएका छन्। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ।

    जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको छ। इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरू खरिद सकिने राईले बताउनु भयो। इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ।

    जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिन सकिनेछ। साथै, सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरूले करिअर बारेसमेत जानकारी लिन सक्ने राईले बताउनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ