काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुपर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिएको हुनाले अब विश्वासको मत लिनुपर्ने बताउनु भएको हो ।
त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने उहाँको भनाई थियो ।
एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिलाई प्रमाणीकरण गराउने सत्ता गठबन्धनको निर्णय प्रजातन्त्रको मान्यता विपरीत हुने उहाँले बताउनु भयो ।