भदौ २६, काठमाडौं : एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ।
यसअघि सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल समूह बी मा थियो। नयाँ खेल तालिका अनुसार नेपाल समूह ए मा रहेको छ।समूह ए मा रहेको अफगानिस्तानले एसियन गेम्स नखेल्ने भएपछि तालिकामा परिवर्तन भएको हो। यसअघि नेपाल जापान, कम्बोडिया र हङकङ रहेको समूह बीमा थियो।
खेल टी ट्वान्टी फर्म्याटमा हुनेछ। टी ट्वान्टी आई वरियतामा नेपाल १७ औं र माल्दिभ्स ८० औं स्थानमा छ। मंगोलिया भने आइसीसीको वरियताभित्र छैन।
एसियन गेम्स खेल्ने नेपाली टोली:
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)
नेपालले मंगोलियासँग असोज १० र माल्दिभ्ससँग असोज १४ गते खेल्दैछ। असोज १६-१७ गते क्वाटरफाइनल, असोज १९ गते सेमिफाइनल र असोज २० फाइनल खेल रहेको छ।
समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान बनाउने छ भने भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधा क्वाटरफाइनलमा स्थान बनाएका छन्।



