२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

३५ किलो चरेससहित २ जना भारतीय पक्राउ

images

  • २०८० फागुन ४, शुक्रबार
  • 631
    SHARES
  • ३५ किलो चरेससहित २ जना भारतीय पक्राउ

    बारा : लागु औषध चरेससहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अलि र सोही ठाउँ बस्ने वर्ष ४४ को मोहम्मद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो।

    अभिव्युक्तहरुको साथबाट लागु औषध ३४ किलो ९  सय ६८ ग्राम चरेस बरामद गरिएको थियो। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस  हेटौँडाबाट वीरगन्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो। 


    अभियुक्तहरूलाई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ