२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौं उपत्यकामा २४ घण्टामा ११८ जना पक्राउ, ५१४ चालक ट्राफिक कारबाहीमा

images

  • २०८३ कात्तिक ९, सोमबार
  • 151
    SHARES
  • काठमाडौं उपत्यकामा २४ घण्टामा ११८ जना पक्राउ, ५१४ चालक ट्राफिक कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा प्रहरीले विभिन्न कसुरमा १ सय १८ जनालाई नियन्त्रणमा लिएको छ। यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ सय १४ जना चालकसमेत कारबाहीमा परेका छन्।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

    यसैबीच, उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि पनि प्रहरीले कारबाही गरेको छ। पछिल्लो २४ घण्टामा कारबाहीमा परेका ५ सय १४ चालकमध्ये ६४ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ।

    त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना र रातो बत्तीको उल्लंघन गर्ने २१ जना चालक कारबाहीमा परेका छन्। बाँकी चालकलाई अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले शान्ति सुरक्षा कायम राख्न तथा सडक दुर्घटना न्यूनीकरण गर्न नियमित निगरानी र ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ