२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रिय किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ

images

  • २०८१ पुस १५, सोमबार
  • 3.6K
    SHARES
  • राष्ट्रिय किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ

    काठमाडौँ : राष्ट्रिय किताब खाना, छाउनीमार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा खटिएको टोलीले प्रसाईंलाई हिजो कार्यकक्षमै तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ