२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज

नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

images

  • २०८० फागुन ५, शनिबार
  • 1.5K
    SHARES
  • नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

    काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले जित गरेको हो। नेपालका ओपनर ब्याटर आसिफ शेख र अनिल साहले नटआउट १०५ रुनको साझेदारी गरेका छन्। दुबै खेलाडीले अर्धशतक प्रहार गरेका छन् ।

    आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको बनाएका थिए। दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलेका थिए। बलिङमा नेदरल्यान्ड्सका भिभान किङ्माले १ विकेट लिएका थिए। 

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनको योगफल बनाएका थिए। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाएका थिए।  बलिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए साथै ललित राजवंशीले २ विकेट तथा सोमपाल र रोहितले समान १/१ लिएका थिए। 

    आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् भने बाँकी ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ