२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालले क्यानडालाई दियो २ सय १७ रनको लक्ष्य

images

  • २०८० फागुन ६, आइतबार
  • 951
    SHARES
  • नेपालले क्यानडालाई दियो २ सय १७ रनको लक्ष्य

    काठमाडौँ : नेपाल ‘ए’ ले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ।

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको हो ।

    नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिएका थिए। उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन्। त्यसै गरी रासिद खानले ४० रन बनाएका थिए भने मयन यादवले ३५ रन जोडेका थिए। किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाएका थिए। 

    क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिएका थिए भने इश्वरजीत सोहीले २ विकेट झारेका थिए। त्यस्तै, डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान १/1 विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ