भदौं ३०,काठमाडौं : मर्स्याङ्दी कराते डोजो अन्तर्गत रहेको ग्लोबल भिजन माबी, फुलबारी र भुपु सैनिल माबी, भोटेओडारमा प्रशिक्षणरत १५० जना कराते खेलाडिहरुको पेटि परिक्षा सम्पन्न भएको छ ।
भुपु सैनिक माबिको प्राङ्गण, सुन्दरबजार–९, भोटेओडार लमजुङमा उक्त खेलाडिहरुको पेटि परिक्षा सम्पन्न भएको हो । उक्त परिक्षामा पुरुष तर्फ उत्कृष्ट खेलाडी सुजन रेउले र महिला तर्फ उत्कृष्ट खेलाडी दिया गुरुङ रहनु भएको छ।



