२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल 'ए' र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज

images

  • २०८० फागुन ८, मंगलबार
  • 871
    SHARES
  • नेपाल 'ए' र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज

    काठमाडौँ : आज मङ्गलवार नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बिचको दोस्रो खेल हुँदै छ। खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे देखि सुरु हुनेछ। नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बिच तीन खेलको सिरिज भइरहेको छ। पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो।


    नेपाल क्रिकेट सङ्घ क्यानले क्यानडा विरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ। नेपाल ‘ए’ टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अलि रहेका छन्। नेपाल ‘ए’ र क्यानडाले तेस्रो खेल बिहीबार हुने तालिका रहेको छ।

    नेपाल ‘ए’ टिममा : 

    विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ