२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैंकिङ्ग

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा   

images

  • २०८० फागुन ११, शुक्रबार
  • 806
    SHARES
  • ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा   

    काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

    सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टरहरूको सङ्ख्या ६५ पुगेको छ। 

    नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन्।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्। 

    ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

    #ग्लोबल आइएमई बैंक #gbime 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ