२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
टी- २० त्रिकोणात्मक सिरिज

टी–२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

images

  • २०८० फागुन १५, मंगलबार
  • 926
    SHARES
  • टी–२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

    काठमाडौँ : टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्स बिचको खेल ११:३० बजेदेखि सुरु हुनेछ। 

    आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी– २० शृङ्खला खेल्न लागेका हुन्। नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रूपमा यो सिरिजलाई लिएको छ। 

    नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दै छन् भने नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्। नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन्। ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी–२० आई टोलीमा छैनन्।

    नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा रहेका छन्।

    आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्स, १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने फाइनल खेल फागुन २२ गते हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ