२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मंगोलियालाई नेपालले दियो ३१५ रनको विशाल लक्ष्य, कुशल र दीपेन्द्रले बनाए रेकर्ड

images

  • २०८० असोज १०, बुधबार
  • 1.0K
    SHARES
  • मंगोलियालाई नेपालले दियो ३१५ रनको विशाल लक्ष्य, कुशल र दीपेन्द्रले बनाए रेकर्ड

    असोज १०, काठमाडौं : १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिेकेटमा नेपालले मंगोलियालाई ३१५ रनको फराकिलो लक्ष्य दिएको छ। हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेको मंगोलियाले पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको हो।

    कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो। नेपालका लागि  कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रन बनाएका थिए। यो टि–२० इतिहासकै उच्च योगफल हो। 

    कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका हुन्। यस्तै, रोहितले २७ बलमा ६१ रन बनाएका थिए। कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए।

    ओपनर कुशल भुर्तेल र आशिफ शेखले भने बाउन्ड्री प्रहार गर्न सकेनन्। कुशल १९ र आशिफ १६ रन बनाउँदै आउट भएका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ