२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
पहिलो टी-२० त्रिकोणात्मक सिरिज

पहिलो टी-२० त्रिकोणात्मक सिरिजमा नामिबियासँग नेपाल पराजित

images

  • २०८० फागुन १५, मंगलबार
  • 1.1K
    SHARES
  • पहिलो टी-२० त्रिकोणात्मक सिरिजमा नामिबियासँग नेपाल पराजित

    काठमाडौँ : टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाएका थिए। नामिबियाका बलिङमा रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिएका थिए।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएका थियो। नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाएका थिए। उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोडेका हुन्। यस अघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाएका थिए। लफ्टी एटन ३६ बलमा १०१ रन तथा मलन क्रुगेरले ५९ रन बनाएका थिए।

    बलिङमा नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिएका थिए। नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रूपमा यो सिरिजलाई लिएको छ। 

    जारी प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्डबीच विहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ भने १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने फाइनल खेल फागुन २२ गते हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ