२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मंगोलियाविरुद्ध नेपालको विशाल कीर्तिमानी जित

images

  • २०८० असोज १०, बुधबार
  • 776
    SHARES
  • मंगोलियाविरुद्ध नेपालको विशाल कीर्तिमानी जित

    असोज १०, काठमाडौं : १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिेकेटमा नेपालले मंगोलियाविरुद्ध विशाल जित हासिल गरेको छ। चीनमा जारी एसियाली खेलकुद अन्तर्गत आज भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो।

    जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो। मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो। यसअघि सन् २०१९ मा चेक रिपब्लिकनले टर्कीलाई २ सय ५७ रनको अन्तरले हराएको थियो। 

    बलिङमा नेपालका लागि करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिएका थिए।

     हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेको मंगोलियाले पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको हो।

    कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो। नेपालका लागि  कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रन बनाएका थिए। यो टि–२० इतिहासकै उच्च योगफल हो। 

    कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका हुन्। यस्तै, रोहितले २७ बलमा ६१ रन बनाएका थिए। कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए।

    ओपनर कुशल भुर्तेल र आशिफ शेखले भने बाउन्ड्री प्रहार गर्न सकेनन्। कुशल १९ र आशिफ १६ रन बनाउँदै आउट भएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ