असोज १४, काठमाडौं : १९ औं एसियाली खेलकुद अन्तर्गत टी - २० क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेको पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका थिए। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनमा र कुशल मल्लले ४७ रन बनाएका थिए। गुल्सन झालेले ३५ रन,कुशल भुर्तेल ३५ रन, विनोद भण्डारी १३ रन, सन्दीप जोरा ५ रन आसिफ शेख ६ रन र दीपेन्द्रसिंह ऐरी ६ रन बनाएका थिए।
बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भएका थिए।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।



